त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र शंकास्पद वस्तु नभेटिएपछि हवाई उडान सुचारु
प्रकाशित मिति : 4 May, 2022 12:56 pm
काठमाडौं । त्रिभुवन अन्तराष्टिय विमानस्थलभित्र बम रहेको हल्लाले १ घण्टा बन्द भएको हवाई उडान सुचारु भएको छ ।
बुधबार अज्ञात व्यक्तिले टेलिफोन गरेर बम रहेको बताएपछि आन्तरिक उडान र अवतरण १ घण्टासम्म बन्द गरेर सर्च अपरेसन चलाएको विमानस्थलका अधिकारीहरुले बताए ।
बम राखिएको सूचनापछि सर्च गर्दा कुनै शंकास्पद वस्तु नभेटिएपछि यात्रुलाई आन्तरिक उडानका लागि भित्र पठाउन थालिएको विमानस्थल प्रहरीले जनाएको छ ।
उक्त सूचनापछि बन्द भएको त्रिभुवन विमानस्थलमा आन्तरिकतर्फको हवाइ उडान पुनः सुचारु हुँदैछ ।








