६ जेष्ठ २०८१, आइतबार

ईयूले रुसमाथि तेल आयातमा प्रतिबन्ध लगाउने योजना सार्वजनिक

प्रकाशित मिति :  4 May, 2022 4:20 pm


युरोपेली संघ (ईयू) ले रुसमाथि छौटौं प्याकेज अन्र्तगत तेल आयातमा प्रतिबन्ध लगाउन आव्हान गरेको छ । ईयूले प्रतिबन्धको छैटौं प्याकेजमा रुसबाट तेल आयातमा प्रतिबन्ध लगाउन २७ वटा सदस्य राष्ट्रलाई आह्वान गरेको छ ।

ईयूका सदस्यहरूलाई छ महिना भित्र कच्चा तेल आयात अन्त्य गर्न र बर्षको अन्त्यमा प्रशोधित उत्पादनहरूको आयात अन्त्य गर्न आह्वान गरिएको छ ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयनले रुसको सबैभन्दा ठूलो बैंक Sberbank,र दुई अन्य प्रमुख बैंकहरूलाई अन्तर्राष्ट्रिय बैंकिङ भुक्तानी प्रणाली SWIFT  बाट विच्छेद गर्न प्रस्ताव गरेकी छन् ।

प्रस्तावहरू प्रभावकारी हुन सर्वसम्मतिले अनुमोदन गर्न आवश्यक रहेको र गहन बहसको विषय हुन सक्ने साथै ईयुका २७ सदस्य देशहरू मध्य केही भूपरिवेष्ठित र ऊर्जा आपूर्तिको लागि रूसमा अत्यधिक निर्भर रहेका देशलाई भने तेल प्रतिबन्धमा सहमत हुन सजिलो नहुने युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयनल स्विकार गरेकी छन् ।

यस अघि ईयूले रुसमाथि ५ वटा प्याकेजमा प्रतिबन्ध लगाइसकेको छ । जसमध्ये पहिलो प्रतिबन्धको प्याकेजमा रूसी राज्य ड्यूमाका ३५१ सदस्यहरू र थप २७ व्यक्तिहरू विरुद्ध लक्षित प्रतिबन्ध लगाएको छ ।

साथै डोनेट्स्क र लुहान्स्क ओब्लास्टको गैर–सरकारी नियन्त्रित क्षेत्रहरूसँग आर्थिक सम्बन्धमा प्रतिबन्ध र युरोपियन युनियन पूंजी, वित्तीय बजार र सेवाहरूमा रूसको पहुँचमा प्रतिबन्ध लगाएको छ ।

यस्तै दोस्रो प्रतिबन्धको प्याकेजमा युरोपेली संघले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र रुसी विदेशमन्त्री सर्गेई लाभरोभको सम्पत्ति रोक्का गर्ने निर्णय गरेको छ भने यसले रूसी राष्ट्रिय सुरक्षा परिषद्का सदस्यहरू र रूसी राज्य ड्यूमाका बाँकी सदस्यहरूमाथि प्रतिबन्ध लगाएको छ ।

तेस्रो प्रतिबन्धको प्याकेजमा रूसी केन्द्रीय बैंक संग लेनदेन मा प्रतिबन्ध, युरोपियन युनियन एयरस्पेसको ओभरफ्लाइट र रूसी वाहकहरू द्वारा ईयू एयरपोर्टहरूमा पहुँचमा प्रतिबन्ध थप २६ व्यक्ति र एक संस्थामा नयाँ प्रतिबन्ध लगाएको छ ।
चौथो प्रतिबन्ध प्याकेज अन्र्तगत निश्चित राज्य–स्वामित्व भएका उद्यमहरूसँग सबै लेनदेनहरूमा प्रतिबन्ध, कुनै पनि रूसी व्यक्ति वा संस्थालाई क्रेडिट मूल्याङ्कन सेवाहरूको प्रावधानमा प्रतिबन्ध, रूसी ऊर्जा क्षेत्रमा नयाँ लगानीमा प्रतिबन्ध लगाएको छ ।
पाचौँ प्रतिबन्ध प्याकेजमा कोइला र अन्य ठोस जीवाश्म ईन्धन को रूस देखि आयात, सबै रूसी जहाजहरू युरोपियन युनियन पोर्टहरू पहुँच गर्नबाट प्रतिबन्ध, रूसी र बेलारूसी सडक यातायात अपरेटरहरू युरोपियन युनियनमा प्रवेश गर्नबाट प्रतिबन्ध लगाएको छ ।

काठ, सिमेन्ट, समुद्री खाना र मदिरा जस्ता अन्य वस्तुहरूको आयातमा प्रतिबन्ध, जेट इन्धन र अन्य सामानहरूको रूसमा निर्यात गर्न प्रतिबन्ध, क्रिप्टो वालेटहरूमा जम्मा गर्ने जस्ता कुराहरुमा प्रतिबन्ध लगाएको थियो ।



प्रतिक्रिया दिनुहोस !