७ पुस २०८२, सोमबार

रोल्पाको माडीमा झडप हुदा कांग्रेसका वडा अध्यक्ष घाइते

प्रकाशित मिति :  5 May, 2022 8:45 am


उमा के सी
रोल्पा । रोल्पाको माडी गाउपालिकाको वडा नंम्वर ३ तालाबाङमा नेकपा माओवादी केन्द्र,नेकपा समाजबादी र नेपाली कांग्रेस , नेकपा एमालेका कार्यकर्ता विच झडप भएको छ । झडप हुदा नेपाली कांग्रेसका वडा नम्वर ३ का उमेदवार मिन बहादुर डागी घाइेत भएका छन् ।

तालाबाङको बजारमा चुनावी सभाको कार्यक्रम सकेर फर्कने क्रममा झडप भएको हो । कार्यक्रम सकेर र्फकदै गर्दा एक्कासी वडा अध्यक्षका उमेदवार को हो भनी अध्यक्षका उमेदवार डागीलाई रड प्रहार गरि शक्त घाइते बनाएको नेपाली कांग्रेस क्षेत्र नंम्वर २ का क्षेत्रीय सभापति गोपाल घर्तिले बताए ।

घाइते डागीलाई उपचारका लागी जिल्ला बाहिर पठाइएको घर्तिले बताउनु भयो २०. २५ जनाको वाइसीयल युवाहरुले हामी माथी अक्रमण गर्नु भयो घर्तिले भने । युवा चढेको गाडी समेत नियन्त्रमा लिएर कानुनी बाटोमा जाने समते घर्तिले बताए । हाम्रा युवाहरुमाथी आक्रमण गर्न आएपछि त्यसको प्रतिकार गरेको नेकपा माओबादी केन्द्र माडी गाउपालिकाका सचिव विर वहादुर घर्तिले बताए ।

गठबन्धनकाले हामी माथी आक्रमणको प्रयास भयो किरण वुढा, समिर घर्ति घाइते हुुनु भएको छ घर्तिले भने । उनीहरुकाे स्थानिय स्वास्थ संस्थामा उपचार भइरहेकोे छ । झडप भएको थाहा जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी प्रहरी निरीक्षक थमन जिसीले जानकारी दिए ।

अहिले समान्य अवस्था रहेको समेत उहाले बताउनु भयो । माडी गाउपालिकामा नेकपा माओबादी केन्द्र,नेकपा समाजबादी बाट अमर सिह घर्ति र नेपाली कांग्रेस नेकपा एमाले र स्वतन्त्रबाट विजय घर्ति गाउपािलकाको अध्यक्षमा उमेदवारी रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !