७ पुस २०८२, सोमबार

भरतपुरका बागी उम्मेदवार र रामचन्द्र पौडेललेबीच भेटवार्ता, उम्मेदवारी फिर्ता नलिने अडान

प्रकाशित मिति :  5 May, 2022 10:20 am


चितवन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनका बागी उम्मेदवार जगन्नाथ पौडेलबीच भेटवार्ता भएको छ ।

बागी उम्मेदवार जगन्नाथलाई भेट्न पौडेल भरतपुरको होटल सिराँगचुलीमा पुगेका हुन । नेता पौडेलले बागी उम्मेदवार जगन्नाथसँगै प्रस्तावक कृष्णलाल सापकोटा, समर्थक मिना खरेल र पूर्वसांसद भीमबहादुर श्रेष्ठलाई भेटेका थिए ।

गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्न चितवन पुगेका पौडेलले उनीहरुलाई भेटेर उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता नलिने अडान कायमै राखेका छन् ।

सत्ता गठबन्धन सहमतिअनुसार भरतपुर महानगरको मेयर माओवादी केन्द्रलाई दिएपछि काँग्रेस नेता जगन्नाथले विद्रोह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !