७ पुस २०८२, सोमबार

मौसम पूर्वानुमान : यी प्रदेशमा बर्षा हुने

प्रकाशित मिति :  6 May, 2022 7:53 am


काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु र भारतको मध्य प्रदेश देखि पश्चिम बङ्गालको समथर भू भागमा बनेको न्यून चापीय प्रणाली प्रभाव रहेको छ ।

प्रदेश नं १, बागमति प्रदेश र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरुमा साथै बाकी प्रदेशका पहाडी भू भागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित वर्षा भइरहेको छ ।

देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश, गणडकी प्रदेशका केही स्थानहरूमा साथै लुम्बिनी र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार आज राति देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू-भागमा सामान्यतया मौसम सफा रहने छ। प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।



प्रतिक्रिया दिनुहोस !