दुई हप्तादेखि महिला बेपत्ता
प्रकाशित मिति : 6 May, 2022 9:56 am
कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका–७ की चन्द्रा गुरुङ दुई हप्तादेखि बेपत्ता भएकी छिन् । परिवारका सदस्यलाई जानकारी नदिइकनै उहाँ घरबाट निस्कनु भएको हो । उनी हालसम्म परिवारको सम्पर्कमा आएकी छैनन् ।
श्रीमती घरमा नआएपछि उनका श्रीमान् सागरले खोजी गर्दै आएका छन् । “घरमा कुनै वादविवाद, झैझगडा, मनमुटाव भएको थिएन”, उनले भने। श्रीमतीको खोजी गर्न सागरले प्रहरी र माइती नेपाल कार्यालयमा निवेदन दिएका छन् ।रासस








