६ पुस २०८२, आइतबार

जेठ १ गतेदेखि शुक्रबार पनि सेयर कारोबार हुने

प्रकाशित मिति :  6 May, 2022 3:19 pm


काठमाडौं ।आगामी जेठ महिनादेखि शुक्रबार पनि सेयर कारोबार हुने भएको छ । सरकारले जेठ १ गतेदेखि शनिबार र आइतबार विदा दिने निर्णय गरेसँगै शुक्रबार सेयर बजार खुल्ने निर्णय गरेको नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बताए ।

शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघद्धारा आयोजित परिपक्क पुँजीबजार सम्मेलनमा बोर्ड अध्यक्ष हमालले भने सरकारले सातामा २ दिन विदा दिने भएपछि हामीले शुक्रबार पनि बजार खुल्ला गर्न नेप्सेलाई निर्देशन दिएका छौं, त्यसैले साताको पाँचै दिन सेयर कारोबार हुन्छ ।

सरकारले जेठ महिनादेखि परीक्षणको रूपमा लागू हुने गरी शनिबार र आईतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सरकारले सातामा २ दिन विदा दिने निर्णय गरेपछि अब सेयर बजार ४ दिनमात्रै खुल्ने त होइन भन्ने आमजिज्ञासा थियो। तर, सेबोनले अब शुक्रबार पनि सेयर बजार खुला गर्ने निर्णय गरेको हो। योसँगै अब सातामा पाँचै दिन सेयर बजार खुल्ने भएको छ।



प्रतिक्रिया दिनुहोस !