२६ बैशाख २०८१, बुधबार

बहराइनमा ३ जना नेपालीलाई कोरोना संक्रमण

प्रकाशित मिति :  22 March, 2020 3:29 pm


Microscopic view of Coronavirus, a pathogen that attacks the respiratory tract. Analysis and test, experimentation. Sars. 3d render

काठमाडौं, ९ चैत्र । 

राेजगारीका लागि बहराइनमा रहेका ३ जना नेपालीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।

बहराइनस्थित नेपाली राजदूतावासले ३ जना नेपालीमा कोरोनाको संक्रमण पुष्टि भएको र थप ३ जनालाई कोरोना संक्रमणको आशंकामा क्वारेन्टाइनमा राखिएको जनाएको छ ।

करिब ३५ हजार नेपाली रोजगारीको सिलसिलामा बहराइनमा छन् । बहराइनमा हालसम्म कोरोनाका कारण एकजनाको मृत्यु भएको छ भने ३ सय १० जनामा संक्रमण देखिएको छ ।



प्रतिक्रिया दिनुहोस !