जनकन्दिनी गाउँपालिका अध्यक्ष शेषको निधन
प्रकाशित मिति : 8 May, 2022 9:02 am
धनुषा । धनुषाको जनकन्दिनी गाउँपालिका अध्यक्ष अब्दुल वारिक शेषको निधन भएको छ। उनको शनिबार साँझ ७० वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो।
शनिबार दिउँसो नेपाली कांग्रेसको बैठकमा पनि सहभागी भएका शेखको बैठक सकेर घर फर्केको एकरडेढ घन्टामै निधन भएको खबर आएको गाउँपालिका उपाध्यक्ष भारती कार्कीले बताइन् ।
भारतीका अनुसार विगत चार बर्षदेखि फोक्सोमा क्यान्सर भएर उपचार गराइरहेका उनलाई दुई महिनादेखि पित्तथैलीमा पत्थरी समेत भएको थियो ।
शेष ०७४ मा कांग्रेसबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए। ०७९ बैशाख ३० मा हुने निर्वाचनमा उम्मेदवार नबनेका कारण शेषले गाउँपालिका अध्यक्षबाट राजीनामा दिएका थिएनन्।








