७ पुस २०८२, सोमबार

काठमाडौंमा हुने पत्रकार सम्मेलन सम्बोधन सकिए लगतै पूर्वप्रधानमन्त्री ओली बुटवल जाँदै

प्रकाशित मिति :  8 May, 2022 9:28 am


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनको सन्दर्भमा आज पत्रकार सम्मेलन गर्दै छन् । उनले मनमोहन स्मृति हल च्यासलमा पत्रकार सम्मेलन गर्न लागेका हुन ।

आज बिहान साढे १० बजे समसामयिक राजनीति र स्थानीय तह निर्वाचनको विषयमा अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्न लागेको कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । सो पत्रकार सम्मेलन सकेर पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज बुटवल जाँदै छन् ।

नेकपा एमाले रुपन्देहीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न ओली बुटवल जान लागेका हुन् । काठमाडौंमा हुने पत्रकार सम्मेलनमा सम्बोधन गरेपछि हेलिकोप्टरमार्फत ओली बुटवल जान लागेका हुन ।

बुटवलको देवीनगरस्थित वाणिज्य क्याम्पस नजिकको मैदानमा हुने सभामा पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य घनश्याम भुसालसहितका नेताहरुले सम्बोधन गर्ने एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !