पुतलीबजार नगरपालिकाका कांग्रेस उपमेयरकी उम्मेदवार अर्यालको प्रतिबद्धता : शिक्षा क्षेत्रमा जोड दिने छु
स्याङ्जा । उम्मेदवारी दर्तापछि स्थानीय तह चुनावको चहलपहल थप बढेको छ । विभिन्न दल र स्वतन्त्र उम्मेदवारहरू आआफ्ना एजेण्डा लिएर जनताको घरदैलोमा गैरहेका छ्न् ।
वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा स्याङ्जाको पुतलीबजार नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेबिच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यस नगरपालिकाको नगर प्रमुख र उपप्रमुख पदमा नेपाली काँग्रेसबाट नगर प्रमुख तुलसीराम रेग्मी र देवी अर्याल तथा नेकपा एमालेबाट सीमा क्षेत्री र महेश पुरीले उम्मेदवारी दिएका छन् ।
दुवै पार्टीले आफ्नो जित सुनिश्चित रहेको दाबी गर्दै आएका छन् । त्यसैगरि नेपाली कांग्रेसबाट उपमेयरको उम्मेदवारी दिएकी देवी अर्यालले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेकी छन् ।
अर्यालले आफूलाई जिताउन पर्ने धेरै कारणहरु रहेको बताएकी छन् । लामो समयदेखि विभिन्र संघसंस्थाको नेतृत्व लिएर सक्रियतापूर्वक पाएका जिम्मेवारीलाई सफलतापूर्वक सम्पन्र गरेको र महिल सशक्तिकरण र आर्थिक रुपमा सम्पन्र बनाउने तरिकाले काम गर्ने अर्यालले बताइन् ।
अर्यालले पहिलो प्रथामिकता शिक्षा क्षेत्रमा दिइने कुरामा जोड दिएकी छन् । उनले भनिन्, “अघिल्लो पाँच वर्ष शिक्षा क्षेत्रको विकासको लागि त्यतिधेरै ध्यान नदिएको भन्दै आफूले उपमेयर पद जितेपछि शिक्षा क्षेत्रमा जोड दिने छु । ’’अब हामी रेमिटेन्सको मात्र भर पर्नुहुँदैन महिला सशक्तिकरण र आर्थिक समृद्धि मेरो प्रमुख उद्देश्य रहेको अर्यालले बताइन् ।
पुतलीबजार नगरपालिकामा कृषि गर्न निकै उपयुक्त रहेको र कृषि र अन्य क्षेत्रको दिगो विकासका लागि साना कृषकहरुलाई आवश्यक परेको बखत उपकरण सहित निशुल्क प्राविधिकको व्यवस्था गर्ने अर्यालको भनाइ छ ।
अर्यालले पहिलापनि महिलाको हक हित र अधिकारको निम्ती लड्दै आएको भन्दै आफूले उपमेयर जितिसकेपछि कुनैपनि महिला दिदिबहिनीहररूलाई जस्तोसुकै दुखपीडा अन्याय पर्यो भने हाम्रो पछाडी उपमेयर देवी अर्याल छ भनेर ढुुक्क भएर काम गर्ने वातावरण र्सिजना गर्ने बताएन ।
पार्टी र जनताको लागि भनेर आफ्नो जीवन राजनितिमा त्याग गरेकी छु, यसपालि पार्टीको निर्णयले मलाई नगर उपप्रमुखको उम्मेदवारमा सिफारिस गरेको हो, यसमा म निकै खुशी छु । “चुनाव यति महङ्गोभएको छ, एउटा सामान्य वडा सदस्य लड्न पनि मान्छेले लाखौँ रुपिँया खर्च गर्छन, तर म सँग त्यो करोडौँ रुपियाँ खर्च गरेर चुनावमा जाने हैसियत छैन ।
मैले निष्ठाको राजनिति गर्दै आएको छु, मलाई जहाँसम्म लाग्छ मैँले त्यस्तो खालको कुनै खर्च गर्ने छैन,’’ अर्याल बताउछिन् । उनले थपिन्र “नगरपालिकामा ठुला ठुला उद्योग धन्दा खोल्न सम्भव छैन, त्यसैले पुतलीबजारका बाँझा उर्वर भूमिमा कृषि गरेर युवाहरुलाई रोजगार र उद्यमसँग जोड्न सकिन्छ।”








