निर्वाचनमा दुग्ध क्षेत्रलाई अत्यावश्यक वस्तुको सूचीमा समावेश गर्न माग
काठमाडौं । स्थानिय तहको निर्वाचनमा दूध तथा दुग्ध पदार्थ ढुवानीमा सहजीकरण गरिदिन निर्वाचन आयोगलाई माग गरेका छन् । दुग्ध व्यवसायीको छाता संगठन नेपाल डेरी ऐसोसिएशनले एक पत्र लेख्दै दुग्ध क्षेत्रलाई अत्यावश्यक वस्तुको सुचिमा समावेश गर्न आग्रह गरेको हो ।
नेपाल सरकारले दुग्ध क्षेत्रलाई ऐम्बुसेन्स सरह मान्यता दिने भन्दै छुट्टै लोगो समेत वितरण गरिसकेको अवस्थामा निर्वाचन आयोगले दुग्ध जन्य पदार्थको धुवानीलाई अत्यावश्य वस्तुको सुचिमा समावेश नगरेपछि दुग्ध क्षेत्रका व्यवसायी असन्तुष्ट बनेका छन् ।
दूध एक अत्यावश्यक वस्तु भएकोले विगतका दिन देशमा हुने हरेक बन्द, हड्ताल, महामारी एवं निर्वाचनको समयमा बिना रोकतोक दूध तथा दुग्ध पदार्थ ढुवानी गर्न पाइने कुरा हुँदाहुदै यस पटक यहि वैशाख ३० गते देशभर हुने स्थानिय निर्वाचनको चल्न पाउने सवारी साधन भन्ने विषयको प्रकाशित सुचनामा अत्यावश्यक ढुवानी सवारी साधनमा दुग्ध क्षेत्र छुटेको भन्दै त्यसलाई समावेश गराई दुवानीमा सहजीकरणका लागि एसोसिएशनले निर्वाचन आयोगलाई आग्रह गरको छ ।
निर्वाचनको दिन अत्यावश्यक दुवानी बाहेक देशभरका सबै सवारी साधन अनुमति बिना संचालन गर्न नपाउने, निर्वाचन आयोगबाट तोकिएका अत्यावश्यक वस्तु, खाद्यान्न, एम्बुलेन्स, पिउने पानी, दुतावासका सवारी साधन विना रोकतोक चल्ने, अन्य सवारी साधनका लागि अनिवार्य पास लिनुपर्ने मापदण्ड छ ।
“दुध अत्यावश्यक वस्तु भएको र यो वालकदेखि वृद्धवृद्धासम्मका लागि दैनिक अनिवार्य नभईनहुने र यसलाई आजको आजै उपभोग गरिसक्नुपर्ने भएकोले नेपाल डेरी एसोसिएसनले यस पटकको स्थानीय निर्वाचनका लागि प्रकाशित सुचनामा दुध अत्यावश्यक वस्तु हो भन्ने कुरा छुटेकाले समावेश गराई सबै सम्बन्धित यहाँहरुको कार्यालयमा जानकारी गराई सहयोग गरि उक्त दिन दूध तथा दुग्ध पदार्थ ढुवानीमा सहजीकरण गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ,” एसोसिएशनका अध्यक्ष राधाकृष्ण सापकोटा तथा महासचिव प्रल्हाद दाहालद्वारा जारी पत्रमा उल्लेख छ ।









