६ जेष्ठ २०८१, आइतबार

श्रीलंकाका प्रधानमन्त्रीको राजीनामा स्वीकृत, देशव्यापी कर्फ्यू घोषणा

प्रकाशित मिति :  10 May, 2022 12:57 pm


कोलम्बो । श्रीलंकामा केही दिनयता देखि सुरु भएको आर्थिक संकटको अवस्था झनै गहिरिएको छ । यहाँको आर्थिक संकटका कारणले गर्दा मन्त्री तथा प्रधानमन्त्रीले पनि राजीनामा दिएका छन् । यहाँका प्रधानमन्त्री महिन्दा राजपाक्छेले सोमबार मात्र आफ्नो पदबाट राजीनामा दिएका छन्।

उनको राजीनामा यहाँका राष्ट्रपति गोटबाया राजपाक्छेले स्वीकृत गरेका छन् । उनको राजीनमा सोमबार मध्यरातिदेखि नै स्वीकृत भएको श्रीलंकाली राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

जनाइएअनुसार यहाँको सरकारका विरुद्धमा जारी रहेको आन्दोलन थप हिंसात्मक बन्दै गएपछि श्रीलंकाली सरकारले देशव्यापी रुपमा कर्फ्यूको घोषणा गरेको छ ।

यसअघि पनि सोमबार रातिदेखि मंगलबारसम्म लगाइएको कफ्र्यु आदेश बुधबारसम्मलाई थप गरिएको पनि श्रीलंकाली सरकारले जनाएको छ । सोमबार मात्र पनि बिहान प्रदर्शनकारीहरुले यहाँका विभिन्न स्थानमा विरोध प्रदर्शन गरेका छन् । उनीहरुमध्ये धेरैले प्रधानमन्त्री राजपाक्छेलाई पदबाट राजीनामा नदिनु भनेर प्रदर्शन गरेका बताइएको छ । रासस



प्रतिक्रिया दिनुहोस !