७ पुस २०८२, सोमबार

निर्वाचनमा दूध बोक्ने सवारीलाई पास आवश्यक नपर्ने

प्रकाशित मिति :  10 May, 2022 5:10 pm


काठमाडौं । स्थानीय तह निर्वाचनको समयमा दूध बोक्ने सवारीलाई छुट्टै पास आवश्यक नपर्ने भएको छ ।

नेपाल सरकारले दुग्ध क्षेत्रलाई एम्बुलेन्स सरह मान्यता दिने भन्दै छुट्टै लोगो समेत वितरण गरिसकेको अवस्थामा निर्वाचन आयोगले दुग्ध जन्य पदार्थको दुवानीलाई अत्यावश्य वस्तुको सुचिमा समावेश नगरेपछि दुग्ध व्यवसायीको छाता संगठन डेरी उद्योग संघ र नेपाल डेरी ऐसोसिएशनले एक पत्र लेख्दै निर्वाचन आयोगको ध्यानआकर्षक गराएका थिए ।

मंगलबार निर्वाचन आयोगले एक सुचना जारी गर्दै दूध बोक्ने सवारी साधनहरुको आवतजावतका लागि पासको आवश्यकता नपर्ने स्पष्ट पारेको छ ।

“स्थानीय तह निर्वाचनमा देश भरी नै दुध बोक्ने सवारीहरु (ट्याङ्कर, डेलिभरी भ्यान) को सर्वसुलभ आवतजावतका लागि पास नचाहिने व्यवस्था गरि पाउन अनुरोध भई आएको सम्बन्धमा दुध बोक्ने सवारी सञ्चालनका लागि पासको आवश्यकता नपर्ने व्यहोरा निर्णयानुसार अनुरोध छ,” आयोगका कानून अधिकृत मोहन राज जोशीद्वारा जारी सुचनामा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !