स्याङ्जाको हरिनास गाउँपालिकामा नेकपा एमाले र नेपाली कांग्रेस कार्यकर्ताबीच झडप
प्रकाशित मिति : 11 May, 2022 11:57 am
स्याङ्जा । स्याङ्जाको हरिनास गाउँपालिकामा नेकपा एमाले र नेपाली कांग्रेस कार्यकर्ताबीच झण्डप भएको छ । मंगलबार साझ साँढे पाँच बजे झडप हुदाँ दुई जना घाइते भएका छन् । हरिनास गाउँपालिका र आँधिखोला गाउँपालिकाका दुई पक्षबिच झडप भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।
हरिनास गाउँपालिका वडा नम्बर २ चिसापानीमा भएको झडपमा परेर कांग्रेसका कार्यकर्ता अमृत थापा र पूर्णबहादुर घर्ती घाइते भएको नायब उपरीक्षक खनालले जानकारी दिए । घाइतेलाई उपचारको लागि पोखरा लगिएको छ।
जिल्ला प्रहरी कार्यलय स्याङ्जाका अनुसार उनीहरुको अवस्था सामान्य रहेको र उक्त घटनाको बारेमा थप अनुसन्धान भईरहेको छ ।








