६ जेष्ठ २०८१, आइतबार

भारतीय सैनिक विमान भैरहवामा

प्रकाशित मिति :  11 May, 2022 12:08 pm


काठमाडौं । भारतीय सुरक्षाकर्मी लिएर भारतीय वायु सेनाको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेको छ ।

जेठ २ गते २५६६ औं बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आउने भएपछि त्यसको पूर्वतयारीका लागि भारतीय सुरक्षाकर्मी (स्पेशल प्रोटेक्सन गार्ड) लिएर भारतीय वायु सेनाको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेकाे हो ।

बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणको सुरक्षा व्यवस्था मिलाउन भारतीय सुरक्षाकर्मी लिएर उक्त विमान भैरहवा आएको हो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता श्याम किशोर शाहका अनुसार भारतीय वायुसेनाको इलुसियन विमान आईसी–७६ दिल्लीबाट सिधै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकाे हो ।

शाहका अनुसार भारतीय सुरक्षाकर्मीलाई छोडेर विमान आजै दिल्ली फिर्ता हुनेछ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने पहिलो अन्तर्राष्ट्रिय विमान भएको प्रवक्ता शाहले बताए ।

नेपालकाे दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा सञ्चालनमा आउन लागेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरवेजको जहाजले जेठ २ गतेप्रत्यक्ष हवाई सेवा शुरु गर्ने भएको थियो ।



प्रतिक्रिया दिनुहोस !