९ पुस २०८२, बुधबार

धनगढीको लागि उडेको श्री एयरलाइन्सको जहाजमा समस्या देखिएपछि आकस्मिक अवतरण

प्रकाशित मिति :  11 May, 2022 12:55 pm


काठमाडौं । काठमाडौंदेखि धनगढीको लागि उडेको श्री एयरलाइन्सको जहाजमा समस्या देखिएपछि काठमाडौंमै आकस्मिक अवतरण गराइएको छ ।

बुधबार धनगढीको लागि उडेको केही समयमै जहाजको बायाँतर्फको इन्जिनमा समस्या देखिएपछि इन्जिन सटडाउन गरेर काठमाडौंमा आकस्मिक अवतरण गरिएको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयले जनाएको छ ।

विमानस्थल स्रोतका अनुसार २५ माइलमा पुगेपछि उडान नम्बर–२२३ विमानको इन्जिनमा समस्या देखिएको थियो ।

अहिले ८७ जना यात्रु बोकेको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरिएको छ भने जहाजको प्राविधिक परीक्षण भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !