फर्कियो सेयरबजार : नेप्से ५६ अंकले बढ्दा कारोबार रकम पनि २ अर्ब नाघ्यो
काठमाडौं । साताको कारोबारको पहिलो दिनदेखि बढेको सेयरबजार चौथो दिनमा पनि भारी अंकले बढेको छ । घटेर २२ सयको हाराहारीमा पुगेको सेयर बजार आइतबारदेखि बढ्न सुरु गरेको हो ।
अहिले सेयर बजारमा सकरात्मक माहोल सृजना भएसँगै लगानीकर्ताको मनोबल पनि उच्च बनेको देखिएको छ । आज नेप्से परिसूचकमा ५६ अंकको उछाल आउँदा कारोबार रकम पनि २ अर्ब नाघेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर मापक सूचक नेप्से परिसूचक बुधबार ५६.०६ अंकले बढेर २३६९.०६ अंकमा पुगेको छ । त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि ९.५२ अंकले बढेर ४५६.६६ अंकमा पुगेको छ ।
बुधबार नेप्सेमा कारोबार भएका १३ उपसमुहमध्ये सबै उपसम्ुहको सेयर बढेको छ ।
नेप्सेमा आज कारोबार रकमका आधारमा अरुण भ्याली हाइडोपावर डेभलपमेन्ट कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १० करोड ५९ लाख ७४ हजार ९० रुपैयाँको कारोबार भएको छ ।
नेप्सेमा आज ६ वटा कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ भने ७ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतले बढेको छ ।
नेशनल हाइडोपावर कम्पनी, नेपाल फाइनान्स लिमिटेड, सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड, राधी विद्युत् कम्पनी,यूनिर्भसल पावर कम्पनी र जाल्पा सामुदायिक लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।
त्यस्तै आजको दिन ८.७ प्रतिशत सानिमा डिभेन्चर २०८७ का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
कुल २२९ कम्पनीको ५३ लाख ३३ हजार१ सय ९ कित्ता सेयर किनबेच हुँदा २ अर्ब १६ करोड ३९ लाख ९० हजार ७ सय ४३ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।








