७ बैशाख २०८१, शुक्रबार

जेठ १ गतेदेखि सातामा दुई दिन विद्यालय बिदा

प्रकाशित मिति :  11 May, 2022 4:01 pm


काठमाडौं । शिक्षा मन्त्रालयले जेठ १ गतेदेखि सातामा दुई दिन विद्यालयमा बिदा दिन्र निर्णय गरेको छ । मन्त्रालयले निजी र सार्वजनिक विद्यालयमा सातामा दुई दिन विदा दिने औपचारिक निर्णय गरेको हो ।

बुधबार मन्त्रालयमा बसेको बैठकले जेठ १ गतेदेखि शनिबार र आइतबार विद्यालयमा बिदा दिने औपचारिक निर्णय गरेको हो । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार अब शनिवारबाहेक आइतबार पनि विद्यालय बन्द रहने छ । हाल रहेको विद्यालय समयलाई यथावत राखी शुक्रबार दिइने आधा छुट्टीको व्यवस्था भने हटाइएकाे छ ।

त्यसैगरी हिउँदे बिदा, वर्षे विदा, स्थानीय बिदा वा पर्व बिदाहरुलाई कटौती गरी अब वर्षमा अधिकतम ३० दिन मात्रै बिदा दिन पाइने भएको छ । पाठ्यभार पुराउनका लागि बिदा अवधि छोट्याइएको प्रवक्ता शर्माले बताए ।

यसअघि सरकारी विद्यालयहरुमा हिउँदे र वर्षे विदा गरी कुल ४५ दिन र स्थानीय पर्व बिदा ५ दिन गरी कुल ५० दिन बिदा पाउने व्यवस्था थियो ।



प्रतिक्रिया दिनुहोस !