चितवनमा कांग्रेसका पूर्व सांसद श्रेष्ठसहित पाँच जना निलम्बित
प्रकाशित मिति : 12 May, 2022 1:06 pm
चितवन । नेपाली कांग्रेसले पार्टी नीति विपरीत काम गरेको भन्दै चितवन पाँच जना नेता कार्यकर्तालाई निलम्बन गरेको छ ।
निलम्बिति हुनेमा पूर्व सांसद भिमबहादुर श्रेष्ठ, तरुण दल चितवनका पूर्व अध्यक्ष शम्भु अर्याल , पूर्वसचिव आनन्द राउत , क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत र डाक्टर केशव पौडेल रहेका छन् ।
पार्टी नीति विपरीत निर्वाचन गतिविधिमा लागेको भन्दै उनीहरुलाई केन्द्रीय कार्यालयलय निलम्बन गरको हो । कारबाहीको पत्र जिल्ला पार्टी कार्यालयमा आएको सभापति राजेश्वर खनालले जानकारी गराएका छन् ।








