रोल्पा सुनछहरी गाउँपालिकाको मतगणना स्थल तय
प्रकाशित मिति : 12 May, 2022 1:18 pm
रोल्पा । रोल्पा सुनछहरी गाउँपालिकाको मतगणना स्थल तय भएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले सूचना जारी गर्दै निर्वाचन अधिकृतको कार्यालयमा नै मतगणना हुने जानकारी गराएको हो । अधिकृतको कार्यालय गाउँपालिकाको कार्यालयमा रहेको छ ।
निर्वाचन अधिकृत दामोदर घिमिरेले मतदान सकिएर मतपेटिका प्राप्त भएपछि मतगणना गरिने मिति र समय प्रकाश गरिने जानकारी गराएका छन् ।









