रोल्पाका कुन नेताले कहाँबाट मतदान गर्दैछन् ?
रोल्पा । स्थानीय तहको चुनावमा मतदान गर्नका लागि रोल्पाका नेताहरु जिल्लामा पुगिसकेका छन् ।
धेरैजसो नेता रोल्पामै चुनावी अभियानमा छन् । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता एर्व पूर्व सभामुख कृष्णबहादुर महरा, पूर्व मन्त्री वर्षमान पुन, पूर्वसभामुख ओसरी घर्ती,लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी‘ले रोल्पा नगरपालिकाबाट मतदान गर्ने छन् ।
महराले रोल्पा नगरपालिका १ स्थित बामरुक स्थित तारा माध्यमिक विद्यालयबाट मतदान गर्ने छन्। दाङ क्षेत्र नम्बर २ बाट चुनाव जितेको भएपनि महराको मतदाता नामावली भने रोल्पा नगरपालिकामै छ।
पूर्वमन्त्री पुनले रोल्पा नगरपालिकाको वडा नम्बर ७ माडिचौर स्थित बालउदय माध्यमिक विद्यालयमा रहेको केन्द्रबाट मतदान गर्ने छन्। पूर्व सभामुख ओन्सरी घर्तीले पनि सोही मतदान केन्द्रबाट मतदान गर्ने छिन्।
मुख्यमन्त्री केसीले रोल्पा नगरपालिका ६ स्थित कोटगाउँ मतदान केन्द्रबाट मतदान गर्ने छन् । संघीय संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीले परिवर्तन गाउँपालिका २ स्थित राङसी माध्यमिक विद्यालयबाट मतदान गर्ने भएकी छिन्।
यस्तै नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति एवं पूर्व राज्यमन्त्री अमरसिंह पुनले गंगादेव गाउँपालिका-७ राँकमा रहेको पृथ्वीनारायण मावि मतदान केन्द्रबाट मतदान गर्ने छन् ।








