८ पुस २०८२, मंगलबार

भीरकोटमा उपमेयरका उम्मेदवारसहितको समूह पैसा बाड्दै गर्दा पक्राउ

प्रकाशित मिति :  12 May, 2022 9:10 pm


स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकामा नेकपा एमालेले पैसा बाढ्दै गर्दा उपमेयरका उम्मेदवारसहितको टोली पक्राउ परेका छन।

बिहिवार साँझ ४ बजे एमाले तर्फबाट उपमेयरकी उम्मेदवार सरस्वती अधिकारी, वडा नम्बर ४ का अध्यक्षका उम्मेदवार मेघनारयण ढुंगाना र बहालवाला वडा अध्यक्ष चन्द्रबहादुर बस्नेतको टोलीले पैसा बाढ्दै गर्दा पक्राउ परेका हुन् । स्थानीयले प्रहरीलाई खबर गरेपछि उक्त टोलीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय वालिङले जानकारी दिएको छ ।

प्रहरीले उनीहरुबाट ७३ हजार रुपैँया नगद र सात वटा चेक बुक बरामत गरेको छ । कांग्रेसकाे समूहले चारै तर्फबाट घेरा हाली उनीहरुलाई नियन्त्रणमा लिएका थिए ।

प्रहरीले अहिले मुचुल्का उठाउने काम गरिरहेको छ।



प्रतिक्रिया दिनुहोस !