थबाङमा भएको भडपपछि हराएका २ जना अझै सम्पर्कविहीन,घाइतेको उपचार हुँदै [अपडेट]
उमा केसी ।
रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–४ उवामा गए राती भएको झडपका हराई रहेको २ जना अझै सम्पर्कमा आउन सकेका छैनन् ।
झडपमा परि हराई रहेका थबाङ गाउँपालिका–४ तेलखोलाका २४ वर्षीय रमन घर्तीमगर र २४ वर्षीय विस्तार घर्तीमगर सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । हराई रहेकाहरुको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रवक्ता थमन जीसीले जानकारी दिए ।
झडपमा परि घाईते भएका लिलवहादुर घर्तीमगर,राजेन्द्र घर्तीमगर र विक्रान्त रोकामगरलाई राती नै थवाङ स्वास्थ्य चौकी रोल्पामा उपचारका लागी पठाएको प्रवक्ता जीसीले जानकारी दिए ।
कुटपिटमा संलग्न भएको आरोपमा थबाङ–४ तेलखोलाका साज्जन घर्ती र वुद्धि रोकामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरु नेकपा माओवादी केन्द्रका कार्यकर्ता भएको बताइएको छ ।
गए राती करिव ८ वजे एमाले–काँसग्रेस गठवन्धन र माओवादी कार्यकर्ताबीच झडप भएको थियो । घटना भएको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटना स्थल पुगेको प्रहरीले बताएको छ ।
हराई रहेका आफ्ना कार्यकर्ता सम्पर्कमा नआए थप झडप हुन सक्ने त्यसको जिम्मा माओवादी केन्द्रले लिनु पर्ने थबाङ गाउँपालिका काँग्रेस–एमाले–स्वतन्त्र गठवन्धनका उमेदवार दर्जित रोकामगरले चेतावनी दिए ।








