गृहमन्त्री खाणद्वारा मतदान
प्रकाशित मिति : 13 May, 2022 8:45 am
रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको तिलोत्तमा नगरपालिका–८ स्थित ज्योति मावि ज्योतिनगर मतदान केन्दबाट मतदान गरेका छन् ।
स्थानीय तह निर्वाचन अन्तर्गत आज बिहान ७ बजेदेखि मुलुकभर मतदान सुरु भएको छ । सोहीक्रममा गृहमन्त्री खाणले गृहनगरमा मतदान गरेका हुन् ।








