पैसाको बिगबिगी र भोजभतेरको लर्को डरलाग्दो भाे : अध्यक्ष नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले चुनावका बेला पैसाको बिगबिगी र भोजभतेरको लर्को डरलाग्दो भएको बताएका छन् ।
आज मतदान गरेपछि प्रतिक्रिया दिँदै भने,सबैराम्रो छ तर सबैभन्दा नराम्रो पैसाको बिगबिगी त्यसपछि भोजभतेरको लर्को, यो दुइवटा कुरालाई रोक्न वास्तवमा निर्वाचन अयोग सफल भएको पाइदैन ।”
उनले यो पाराले अब नचल्ने बताए । यस्ता गलत क्रियाकलाप रोक्न प्रहरी प्रशासनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । उनले प्रहरी प्रशासन पनि साँचो अर्थमा तटस्था बन्नुपर्ने बताए ।
उनले भने,“ यै पाराले चल्नेवाला छैन । उनीहरूले (निर्वाचन आयोग)यसलाई कसरी सशक्त र प्रभावकारी बनाउने हो, त्यसरी नै प्रहरी प्रशासनपनि कसरी साँचो अर्थमा तटस्थ बन्ने हो ,प्रभावकारी बन्ने हो त्यसको निम्ति प्रहरीको पनि प्रशासनको पनि र निर्वाचन आयोगको पनि भूमिका महत्व छ ।”








