डा. भट्टराईले सार्वजनिक गरे आफूले दिएकाे मत
प्रकाशित मिति : 13 May, 2022 9:23 am
काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो मतदान सार्वजनिक गरेका छन् ।
भट्टराईले आफ्नो फेसबुकमा आफूले मतदान गरेको चिन्ह नै देखिने गरी मत सार्वजनिक गरेका हुन् । डा. भट्टराईले मतदान गरिरहँदा खिचिएको फोटोमा कतिपय चिन्हमा हानिएको छाप प्रष्ट देखिन्छ । भट्टराईले गोरखाको पालुङटार नगरपालिका-१ अन्नपूर्ण मावि बुथमा बिहान ८ : २५ मा मतदान गरेका थिए ।
उनले गरेको मतदानमा एउटा रुपख चिन्हमा छाप हानेको देखिन्छ भने दुईवटामा छाता चिन्हमा छाप हानेको देखिन्छ । पालुङटारमा जसपा र कांग्रेसबीच गठबन्धन छ । यद्यपी कांग्रेसका स्थानीय नेताले असहमति जनाएका थिए ।








