स्याङ्जामा मतदाता बोकेको जीप दुर्घटना
प्रकाशित मिति : 13 May, 2022 11:31 am
स्याङ्जा । स्याङ्जा वालिङ नगरपालिकाको पञ्चमूलमा मतदाता बोकेको जीप दुर्घटना भएको छ ।
वालिङ नगरपालिका १४ शिर्घबाट वालिङ आउँदै गरेको ग २ च ३०२६ नम्बरको जीप बिहान साढे १० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार जीप सडकबाट करिब पाँच सय मिटर तल खसेको छ । जीपमा १५ जनाभन्दा बढी यात्रु रहेको जानकारी आएको प्रहरीको भनाई छ ।








