९ पुस २०८२, बुधबार

तनावपछि रोल्पाको लुंग्री गाउँपालिका-४ मा मतदान राेकियाे

प्रकाशित मिति :  13 May, 2022 12:02 pm


उमा केसी

रोल्पा । रोल्पाको लुंग्री गाउँपालिका ४ मा मतदान रोकिएको छ ।

नेपाली कांग्रेसका तर्फबाट वडाअध्यक्षका उम्मेद्वार श्यामबहादुर जीसीमाथि हातपात भएपछि मतदान रोकिएको हो ।

नेपाली कांग्रेसले आफ्ना उम्मेद्वार श्यामबहादुर जिसीमाथि माओवादी केन्द्रका कार्यकर्ताले हातपात गरेको भन्दै विरोध गरेपछि मतदान अबरुद्ध बनेको हो ।

११ बजेदेखि मतदान स्थगित भएको छ । निर्वाचन अधिकृत नविन श्रेष्ठले सर्वदलीय बैठक बोलाएको र छलफलपछि पुन : मतदान सुरु हुने जानकारी गराएका छन् ।



प्रतिक्रिया दिनुहोस !