८ जेष्ठ २०७९, आइतबार

श्रीलंकाको प्रधानमन्त्रीमा विक्रमासिंघे नियुक्त

प्रकाशित मिति :  13 May, 2022 12:36 pm


काठमाडौं । श्रीलंकाको प्रधानमन्त्रीमा रनिल विक्रमासिंघे नियुक्त भएका छन् ।

बिहीबार नयाँ प्रधानमन्त्रीका रुपमा राष्ट्रपति गोटबाया राजापाक्षेले रनिल विक्रमासिंघेलाई नियुक्त गरेका हुन् । उनी यसअघि पनि श्रीलंकाको प्रधानमन्त्री भइसकेका थिए। उनले नयाँ प्रधानमन्त्रीका रूपमा राष्ट्रपति बिहीबार नै सपथ लिएको बताइएको छ ।

हाल श्रीलंका चरम आर्थिक संकटबाट गुज्रिरहेको छ । श्रीलंकामा महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट केही दिनमात्र अघि राजीनामा दिएका थिए । राजापाक्छेको राजीनामा मागेर देशमा आन्दोलन पनि भएको थियो । त्यसपछि उनले वैशाख २६ गते आफ्ना भाइसमेत रहेका राष्ट्रपति गोटवाया राजापाक्षेलाई राजीनामा बुझाएका थिए ।

आर्थिक संकटका कारण हाल श्रीलंका खाद्यान्न, इन्धन र औषधिको समेत चर्को अभाव भएको छ । विविध कारणहरुले देश आर्थिक संकटमा फसेको छ ।महिन्दा राजापाक्षेले सोमबार प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि पनि यसलगत्तै राजधानी कोलम्बोमा दंगा फैलिएको थियो ।

आन्दालेनका कारण हिंसामा परेर कम्तीमा नौ जनाको मृत्यु हुनुको साथै दुई सय भन्दा बढी घाइते भएका छन् ।

नियुक्त भएका प्रधानमन्त्री विक्रमासिंघे युनाइटेड नेशनल पार्टीका नेता हुन् । उनी लामो समयदेखि राजनीतिमा सक्रिय थिए ।
विक्रमासिंघेलाई यहाँको अर्को राजनीतिक परिवार राजापाक्षेहरूको निकट पनि मानिन्छ । त्यसैले पनि उहाँलाई प्रधानमन्त्रीका रूपमा चुनिएको विज्ञहरूको भनाइ छ रहेको छ । रासस



प्रतिक्रिया दिनुहोस !