९ पुस २०८२, बुधबार

४ घण्टामा देशभर ३५ प्रतिशत मतदान : आयोग

प्रकाशित मिति :  13 May, 2022 12:58 pm


काठमाडौं । ४ घण्टामा देशभर ३५ प्रतिशत मतदान भएको छ ।

निर्वाचन अयोगले मध्यान्न १२ बजेसम्म देशभर ३५ प्रतिशत मतदान भएको जनाएको छ । छिटफुट घटनाबाहेक शान्तिपूर्ण तथा उत्साहजनक रुपमा मतदान भइरहेको आयोगको भनाई छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“दोलखा,सार्लाही,सप्तरी,रामेछाप,पर्वत,हुम्ला र बाजुराका केही मतदान स्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएको सुचारु गर्ने प्रयास भइरहेको छ ।”

आयोगले अवरुद्ध भएका स्थानमा छिट्टै मतदान सुरु हुने अपेक्षा लिइएको उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस !