स्याङजा जिल्लामा मध्यान्ह १२ बजेसम्म ४० प्रतिशत मतदान
प्रकाशित मिति : 13 May, 2022 1:03 pm
स्याङजा । स्याङजामा मध्यान्ह १२ बजेसम्म ४० प्रतिशत मतदान सम्पन्र भएको जनाएको छ ।
जिल्लाका मुख्य निर्वाचन अधिकृत बस्तनराज पौडेलका अनुसार ११ वटै पालिकामा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान भइरहेको बताएका छन् ।
पौडेलले सुरक्षाका लागि सबैपालिकाहरुमा म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, र राष्ट्रिय अनुसन्धानहरु प्राप्त मात्रामा खटाएको जानकारी दिए ।
स्याङ्जामा ११ पालिकामा ३ सय १८ मतदान केन्द्र र १ सय ९९ वटा मतदान स्थल बनाइएका छन्। ती केन्द्रमा ३ सय १८ मतदान अधिकृत र ३ सय १८ सहायक मतदानअधिकृत खटाइएका छन्।
जिल्लाभर २ लाख ४० हजार ५३५ मतदाता छन्। तीमध्ये १ लाख २३ हजार ८६८ महिला हुन् भने १ लाख १६ हजार ६६६ पुरुष र एक अन्य छन्।
जिल्लामा १९ वटा विभिन्न राजनीतिक दलले मान्यता पाएका छन्।








