८ पुस २०८२, मंगलबार

वालिङमा मतदाता बोकेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुग्यो

प्रकाशित मिति :  13 May, 2022 1:35 pm


स्याङ्जा । स्याङ्जा जिल्लाको वालिङ नगरपालिकामा मतदाता बोकेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

सिक्रेबाट वालिङ आउँदै गरेको ग २ च ३०२६ नम्बरको जीप दुर्घटना मृत्यु हुनेको संख्या १४ पुगेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक रबिन्द्र खनालले जानकारी दिए ।

जीप दुर्घटना परी मृत्यु हुनेमा स्याङ्जा वालिङ नगरपालिका १४ पञ्चमूल अर्खलबास बस्ने ६३ वर्षीय माया पुन, ९ वर्षीय प्रविण कुवँर, ५० वर्षीय कुलदीप कुवँर, ५० वर्षीय डेम कुमारी कुवँर रहेका छन् ।

त्यस्तै ८६ वर्षीय हरीकला कुवँर, ५० वर्षीय टेककला कुवँर, २५ वर्षीय मुना कुवँर, ७० वर्षीय भिमकला कुवँर, ७० वर्षीय मुवा कुमारी कुवँर, ४३ वर्षीय पोट कुमारी कुवँर, ४३ वर्षीय जानुका कुवँर, ४२ वर्षीय ज्ञान दली कुवँर, ५० वर्षीय मिना कुवँर र उमेर नखुलेकी फुल देवि कुवँको पनि दुर्घटनामा मृत्यु भएको छ ।

घाइते ११ जनालाई गण्डकी मेडिकल कलेज पोखरामा उपचारको लागि पठाइएको छ भने एक जनालाई वालिङ प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको प्रहरीले बताएको छ ।



प्रतिक्रिया दिनुहोस !