९ पुस २०८२, बुधबार

रोल्पाको लुंग्री गाउँपालिका ४ मा रोकिएको मतदान पुन : सुरु

प्रकाशित मिति :  13 May, 2022 1:43 pm


रोल्पा । रोल्पाको लुंग्री गाउँपालिका ४ मा रोकिएको मतदान पुन : सुरु भएको छ ।

नेपाली कांग्रेसका तर्फबाट वडाअध्यक्षका उम्मेद्वार श्यामबहादुर जीसीमाथि हातपात भएपछि तनाव उत्पन्न भएको थियो । तनावपछि मतदान रोकिएको हो ।

नेपाली कांग्रेसले आफ्ना उम्मेद्वार श्यामबहादुर जिसीमाथि माओवादी केन्द्रका कार्यकर्ताले हातपात गरेको भन्दै विरोध गरेपछि मतदान अबरुद्ध बनेको हो ।

११ बजेदेखि रोकिएको मतदान सर्वदलीय छलफलपछि साढे १ बजेतिरबाट मतदान सुरु भएको हो ।



प्रतिक्रिया दिनुहोस !