९ पुस २०८२, बुधबार

अध्यक्ष नेपालले आचारसंहिता विपरीत कलम बाँडेर चुनाव प्रचार गरे

प्रकाशित मिति :  13 May, 2022 4:33 pm


रौटहत । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका–२ स्थित रामजानकी कन्या आधारभूत विद्यालय ‘क’ केन्द्रबाट मतदान गरेपछि मतदान स्थल परिसरमै चुनाव प्रचार गरेका छन् ।

उनले आफ्नो पार्टीको चुनाव चिन्ह कलम देखाएर प्रचार गरेका हुन् । सञ्चारकर्मीले तपाईंले कुन पार्टीलाई मतदान गर्नुभयो भनेर जिस्काएपछि ‘उनले मेरो आफ्नै पार्टी छ, चुनाव चिन्ह कलम हो’ भन्दै रातो कलम देखाएका थिए ।

उनलाई नजिकै रहेका कार्यकर्ताले कमल हालतमा दिएका थिए । मतदान स्थल परिसरमै नेकपा एकीकृत समाजवादीका कार्यकर्ताले अरुलाई पनि कलम बाँडीरहेका थिए ।



प्रतिक्रिया दिनुहोस !