रोल्पामा ६५.६४ प्रतिशत मतदान
प्रकाशित मिति : 13 May, 2022 9:08 pm
उमा के.सी
राेल्पा । रोल्पामा सबै स्थानीय तहमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ ।
जिल्लाका १० स्थानीय तहबाट ६५.६४ प्रतिशत मतदान भएको मुख्यनिर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
जिल्लामा ५३ हजार ५०३ महिला र ४१ हजार ९७१ पुरुष सहित कुल ९५ हजार ४७६ जनाले मतदान गरेका थिए । जिल्लामा कुल १ लाख ४५ हजार ४४४ मतदाता रहेका थिए ।
सबै मतदान केन्द्रबाट मत पेटीका प्राप्त हुने वित्तिकै आजै रातिबाट मतगणना गरिने मुख्य निर्वाचन अधिकृत दिलिप राज पन्तले जानकारी दिए ।
जिल्लाका विभिन्न ४ मतदान केन्द्रमा विवादका कारण केहीबेर मतदान रोकिएको थियो । रोकिएको मतदान सर्वदलीय वैठक पश्चात पुनः सुरु भएको थियो ।








