बुटवल उपमहानगरपालिकामा सत्ता गठबन्धनकाे अग्रता, राप्रपाभन्दा पछि एमाले
प्रकाशित मिति : 14 May, 2022 7:16 am
रुपन्देही । बुटवल उपमहानगरपालिकाको प्रारम्भिक मत परिणाममा सत्ता गठबन्धनले अग्रता लिएको छ ।
बुटवलको वडा नं १ मा नेपाली कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेले अग्रता लिएका छन् ।
४०० मत गन्दा उक्त वडामा नेपाली कांग्रेसका खेलराज पाण्डेले २१५ मत पाएका छन् भने राप्रपाका मृगेन्द्रकुमार शेरचनले ११३ र नेकपा एमालेका बाबुराम भटराईले ७८ मत पाएका छन् ।








