थबाङ गाउँपालिका -५ मा नेकपा माओवादी केन्द्रको प्यानलै विजयी
प्रकाशित मिति : 14 May, 2022 11:08 am
रोल्पा । रोल्पाको थबाङ गाउँपालिका -५ मा नेकपा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ ।
वडाध्यक्षमा नेकपा (एमाले),नेपाली कांग्रेस, र विप्लव नेतृत्वको नेकपाको गठबन्धनका उम्मेदवार लुकमन रोकालाई हराउँदै नेकपा माओवादी केन्द्रका गोबद्र्धन घर्ती विजयी भएका हुन् ।
लुकमनले २९१ मत पाउँदा विजयी भएका घर्तीले ३९५ मत पाए । महिला सदस्य जुनसरी पुनले ४०२, दलित महिला सदस्य रामकली बि. क.ले ४०३, खुल्ला सदस्य बुद्दिबहादुर घर्तीले ४०४ र खुल्ला सदस्य मैते घर्तीले ४०० मत प्राप्त गरेर विजयी बनेका छन् ।








