रोल्पाको सुनछहरीमा साढे १ बजेबाट मतगणना हुने
प्रकाशित मिति : 14 May, 2022 12:18 pm
रोल्पा । रोल्पाको सुनछहरीमा साढे १ बजेबाट मतगणना हुने भएको छ ।
सर्वदलीय बैठकपछि वडा नम्बर १ देखि मतगणना गर्ने सहमति भएको हो । सुनछहरीमा नेकपा एमाले,कांग्रेस र विप्लव नेतृत्व नेकपाबीच गठबन्धन छ भने माओवादी केन्द्र एक्लै चुनावमा होमिएको छ ।
सुनछहरीमा कुल मतदाता संख्याको ६३.०३ प्रतिशतले मतदान गरेका छन् । सबैभन्दा बढी वडा नंं.६ स्थित गाविस भवन हाङवुङ (क) केन्द्रमा सबैभन्दा बढी ७१.८४ प्रतिशत र सबै भन्दा कम वडा नं. ३ स्थित जनता मावि बाहिरि गाम (ख) केन्द्रमा ५८.०३ प्रतिशत मत खसेको छ ।








