९ पुस २०८२, बुधबार

काठमाडौं महानगरपालिकामा बालेन शाहलाई सुरुवाती अग्रता

प्रकाशित मिति :  14 May, 2022 12:58 pm


काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले सुरुवाती अग्रता लिएका छन् ।

३०० मत गन्दा शाहले ७२ मत ल्याएका छन् । कांग्रेसकी सिर्जना सिंहले ७० मत पाएकी छन् भने तेस्रोमा रहेका एमालेका केशव स्थापितले ५९ मत ल्याएका छन्।

काठमाडौंमा वडा नम्बर १ र ३२ बाट मतगणना सुरू भएको छ। अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले १३ मत र राप्रपाका मदनदास श्रेष्ठले ८ मत ल्याएका छन्।

मतगणना जारी छ।



प्रतिक्रिया दिनुहोस !