भरतपुरमा २८ मत गन्दा विजय अगाडी, रेनु दाहाल पछाडी
प्रकाशित मिति : 14 May, 2022 1:52 pm

काठमाडौं । भरतपुर महानगरपालिकाको प्रारम्भिक मतगणना सार्वजनिक गरिएको छ ।
प्रारम्भिक मतगणनाअनुसार मेयर पदकी उम्मेदवार रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदी भन्दा एक मतले पछि परेकी छन् ।
रेनुले ११ मत ल्याउँदा विजयले १२ मत पाएका छन् । यस्तै जगन्नाथ पौडेलले जम्मा एक मत पाएका छन् ।
यहाँ झण्डै २ घण्टा ढिला गरी मतगणना सुरु भएको हो।