८ जेष्ठ २०७९, आइतबार

मकवानपुरगढी गाउँपालिकामा मतगणना स्थगित

प्रकाशित मिति :  14 May, 2022 2:01 pm


काठमाडौं । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा मतगणना स्थगित भएको छ । मतगणना सुरु भएको केहिबेरमा विवाद भएपछि तत्कालका लागि मतगणना स्थगित भएको छ ।

सर्वदलीय बैठकको क्रममा मतगणना सुरु हुनु अघि गाउँपालिकाका कर्मचारी जिन्सी शाखा प्रमुख युवराज पौडेललाई मतगणनामा सहभागी नगराइने सहमति भएपनि उनलाई मतगणनाको क्रममा चेकजाँच नगरी भित्र पठाएको भन्दै बिरोध भएपछि विवाद भएको हो ।

अहिले मत गणना रोकिएको छ । अहिलेसम्म गाउँपालिकाका वडा नम्बर १ र ८ को मतगणनामा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् भने एमालेले दोस्रो स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस !