रोल्पा गंगादेवमा कांग्रेसको अग्रता कायमै,विप्लव नेतृत्व नेकपाका उम्मेदवार पुछारमा
प्रकाशित मिति : 14 May, 2022 6:34 pm
रोल्पा । रोल्पाको गंगादेव गाउँपालिकामा विप्लव नेतृत्वको नेकपाका उम्मेदवार निकै पछि देखिएका छन् ।
केन्द्रीय सदस्य चूडामणी वाली चौथो स्थानमा देखिएका छन् । गाउँपालिकामा कांग्रेसले अग्रता लिएको छ ।
पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका हरिबहादुर पुन पहिलो, एमालेका रोशनकुमार ओली दोस्रो, नेकपा माओवादी केन्द्रका वीरबहादुर खत्री तेस्रो र नेकपाका वली चौथो स्थानमा छन् ।
नेकपाले चुनाव जित्ने आकलन गरको गाउँपालिकामा नै कमजोर परिणाम देखिएको हो ।








