९ पुस २०८२, बुधबार

रोल्पाको परिवर्तन गाउँपालिकामा माओवादी केन्द्रको अग्रता कायमै

प्रकाशित मिति :  14 May, 2022 6:52 pm


रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन् ।
परिवर्तन गाउपालिका वडा नं. १ र २ को मतगन्ना हुँदासम्म माओवादी केन्द्रले अग्रता कायमै राखेको हो ।

माओवादीबाट अध्यक्षका उम्मेदवार सुकबहादुर बुढाले अग्रता कायमै राखेका छन् भने कांग्रेस एमाले गठबन्धनबाट विश्व चन्द दोस्रोमा रहेका छन् । परिवर्तन ६५० मत गणना हुँदासम्म बुढाले ३२३ र चन्दले २५५ मत प्राप्त गरेका छन् ।

त्यस्तै माओवादीबाट उपाध्यक्ष उम्मेदवार कलादेवी खत्री ३४१ र कांग्रेस एमाले गठबन्धनबाट उपाध्यक्ष उम्मेदवार सत्ना रोकामगरले २२२ मत प्राप्त गरेकी छिन् ।

त्यस्तै वडा नम्बर १ बाट बुढालाई ७१५ मत र उपाध्यक्ष खत्रीलाई ७२३ मत खसेको छ । त्यस्तै चन्दलाई ५७३ र रोकालाई ४०६ मत प्राप्त भएको थियो ।

वडा नं. १ मा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ ।



प्रतिक्रिया दिनुहोस !