२०७४ मा माओवादी केन्द्रले जितेको थबाङ-४ मा एमालेको प्यानलै विजयी
प्रकाशित मिति : 14 May, 2022 7:21 pm
रोल्पा । रोल्पामा २०७४ सालमा नेकपा माओवादी केन्द्रले जितेको वडा नम्बर ४ मा एमाले हात पारेको छ ।
स्थानीय तहको चुनाव अन्तर्गत २०७४ मा माओवादी केन्द्रका उदिम घर्तीमगर विजयी भएका थिए । उनले २८० मत ल्याएर विजय भएका थिए । अहिल निर्वाचित भएका हिकमत घर्तीमगरले स्वतन्त्रबाट १९२ मत लिएका थिए ।
अहिले हिकमत निर्वाचित भएका हुन् । सुरुमा विप्लव नेतृत्वको नेकपामा सकृय रहेका घर्तीमगर पछि एमालेमा प्रवेश गरेका थिए । यो वडामा एमालेको प्यानलै विजयी भएको छ ।








