८ पुस २०८२, मंगलबार

निर्वाचनको दोस्रो दिनमै सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य १० रुपैयाँ बढायो

प्रकाशित मिति :  14 May, 2022 8:56 pm


काठमाडौं । स्थानीय तहको निर्वाचन भएको दोस्रो दिनमै सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको भाउ बढाएको छ ।

नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो ।

बढेको मूल्य अनुसार पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको निगमले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !