रोल्पा नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवारको अग्रता कायमै
प्रकाशित मिति : 15 May, 2022 7:32 am
रोल्पा । रोल्पा नगरपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवारको अग्रता कायमै छ । मतगणना भइसकेका ४ वटामध्ये ३ वटा माओवादी केन्द्रले जितेको छ ।
नगर प्रमुखमा नेकपा माओवादी केन्द्रका सुरेन्द्र थापा घर्तीले २,९८७ मत प्राप्त गर्दा नेपाली कांग्रेसका शेरवहादुर थापाले २ हजार मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उमेदवार गीता आचार्यले ३ हजार ३२ मत प्राप्त गर्दा नेपाली कांग्रेसकी पुष्पा श्रेष्ठको १४४९ मत आएको छ ।








