१६ फाल्गुन २०८२, शनिबार

धनगढी उपमहानगरपालिमा स्वतन्त्र उम्मेदवार हमालको अग्रता कायमै

प्रकाशित मिति :  15 May, 2022 7:38 am


कैलाली । कैलालीको धनगढी उपमहानगरपालिमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायमै छ ।

२ हजार ४५३ मतगणना हुँदा हमालले १ हजार १३६ मत प्राप्त गरेका छन् भने सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ६९३, नेकपा एमालेका रणबहादुर चन्दले ११७ मत पाएका छन्।

उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ५७४ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ३८१ मत पाएका छन्। शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा ६३ हजार ७१५ जनाले मतदान गरेका थिए।



प्रतिक्रिया दिनुहोस !