रोल्पा सुनछहरी गाउँपालिका १ र २ मा माओवादी केन्द्रको प्यानलै विजयी
प्रकाशित मिति : 15 May, 2022 7:46 am
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका १ र २ मा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।
१ मा धनिमान रोकामगरको प्यानल नै बिजय भएको छ। रोकाले ४६० मत प्राप्त गर्दा उनका निकटम प्रतिद्वन्दी टक रोकामगरले २३६ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
सदस्यमा दलित महिला सदस्य रुकमती परिवार, खुला सदस्य आसपुर घर्ती मगर, खुला सदस्य रामसिङ घर्तीमगर निर्वाचित भएका छन् । यस्तै वडा नम्बर २ मा माओवादी केन्द्रका उम्मेदवार कृष्णबहादुर बुढामगरको प्यानलै निर्वाचित भएको छ ।








