भरतपुर महानगरपालिकामा रेनु दाहालको अग्रता कायमै, पछ्याउँदै एमालेका उम्मेदवार
प्रकाशित मिति : 15 May, 2022 8:50 am
चितवन । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले अग्रता कायम राखेको छ ।
गठबन्धनबाट प्रमुखको उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायमै राखेकी छन् । दुई हजार ९६८ मत गणना गर्दा उनले ९८ मतले अग्रता कायम राखेकी हुन् ।
दाहालले १ हजार १०५ मत प्राप्त गर्दा नेकपा (एमाले)का विजय सुवेदीले १ हजार ७ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३९० मत प्राप्त गरेका छन् ।
यसैगरी उपप्रमुखमा गठबन्धनकै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १ हजार २२६ मत पाएका छन् भने उनका प्रतिस्प्रधि एमालेसहितको गठबन्धनकी हिमला गुरुङले ८३० मत पाएकी छन् ।








